बैशाख २५, २०८२ बिहीबार

एनपीएल जिते ३० लाख पुरस्कार दिइने कोशीका मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा  ३० लाख दिने घोषणा गरेको छ ।

विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने  घोषणा गर्नुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना  दिनुभयो ।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले  खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको  बताउँदै  क्रिकेटबाट  राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गर्नुभयो ।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भन्नुभयो, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताउनुभयो ।  प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने  छ ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]