मेचीनगरमा मकैंको खोस्टाबाट फूल, व्याच, पिरा बनाउने तालिम
बिर्तामोड । जागृति सीप केन्द्र मेचीनगर १२ को आयोजनामा दश दिवसीय मकैंको खोस्टाबाट फूल, व्याच, पिरा र परालबाट गुन्द्री बनाउने तालिम सञ्चालन भइरहेको छ ।
मंसिर १० गतेबाट सुरु भएको तालिम १९ गते सम्पन्न हुने बताइएको छ । मेचीनगर वडा नं. ४ को आर्थिक सहयोगमा सञ्चालित तालिममा स्थानीय महिलाहरुको उपस्थिति रहेको छ । घरेलु उद्योग तथा स्थानीय उत्पादन ब्राण्डिङ गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
र्निला भण्डारीले सहजीकरण गरिरहेको तालिममा २५ जना स्थानीय महिलाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङ र मेचीनगर उपप्रमुख मिना उप्रेती पोखरेलले गरेको कार्यबहाक वडाध्यक्ष नुरबहादुर कार्कीले जानकारी दिए ।