जेष्ठ १, २०८२ बुधबार

परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै

काठमाडौं, १३ मंशिर । परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन ।
प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन । मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।

उनकाे चीन भ्रमण साेमवार बसेकाे मन्त्री परिषद बैठकले स्विकृत गरेकाे थियाे ।

प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]