बैशाख २०, २०८२ शनिबार

अर्जुनधाराधामको अक्षयकोषमा १५ लाख २८ हजार रुपैयाँ संकलन

झापा( पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञमा धामको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने भक्तहरूको संख्या दैनिक बढिरहेको छ।

धामको अक्षयकोषका लागि हालसम्म १५ लाख २८ हजार ८१ रूपैयाँ सहयोग प्राप्त भएको प्रचार(प्रसार संयोजक निरज ओलीले जानकारी दिए।

हालसम्म दीनबन्धु गोयल भद्रपुरबाट २ लाख ११ हजार, मनिष सोमानी कोलकताबाट २ लाख ७५ हजार, चन्द्रकला भण्डारी, राधा तथा पृथ्वी बुढाथोकी, मनोजरसञ्जय चौधरी, नारायणबहादुर बस्नेत गौरादह ७, जयनारायण ढुंगानाबाट जनही १ लाख ११ हजार १ सय ११, सुशिला तथा मुक्ति सुबेदी, खेमप्रसादरगोमा शिवाकोटीबाट जनही १ लाख १ सय ११, एसबीडी ओभरसिज सिलीगुडी तथा शिवालय सिलीगुडीबाट जनही ५१ हजार, नेत्रप्रसाद बिमली अर्जुनधारा ६ बाट ५१ हजार १ सय ११, ठाकुर कट्टेल, बलराम डाँगीबाट जनही २५ हजार, स्व. पुरुषोत्तमरदुर्गामाया तिम्सिनाका नाममा १९ हजार ७ सय ५०, दुर्गादेबी सुवेदी नेपालबाट १५ हजार, नेत्रप्रसाद गुरागाईबाट ११ हजार, राम जोशीबाट ११ हजार १ सय, सुवर्ण खड्का अस्ट्रेलियाबाट ११ हजार १ सय ११, गोपीचन्द्र खरेल, प्रशंसा पराजुली अस्ट्रेलियाबाट जनही ५ हजार १ सय, दुर्गाप्रसाद उपाध्याय पौडेलबाट ५ हजार १ सय ११ रूपैयाँ अक्षयकोषमा सहयोग गरेको उनले बताए।
अक्षयकोषका लागि अन्य दाताहरूले समेत सहयोग गरिरहेको उनले बताए।

अक्षयकोषको व्याजबाट धाममा सञ्चालित गुरूकूलका बटुकहरूका लागि खाद्यान्न र शिक्षादीक्षामा खर्च गरिने उनको भनाइ छ।

महायज्ञमा आउने भक्तजनहरूको संख्या दैनिक बृद्धि भइरहेको र उनीहरूलाई धामले खाद्यान्न बितरण र आवासलगायतको सुबिधा उपलब्ध गराइरहेको उनले बताए।
अक्षयकोषका संयोजक तथा धामका कोषाध्यक्ष मनोज जोशीले उक्त अक्षयकोषमा दुई करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको बताए।

प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]