बैशाख २५, २०८२ बिहीबार

शरणामतिमा शुक्रवारदेखी फुटबल हुने, ८ टिमको सहभागिता हुने

बिर्तामोड । झापा गाउँपालिकामा शुक्रवारदेखी खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शरणामती फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता जनता माविको खेल मैदानमा हुने संयोजक सुदिप बस्नेतले जानकारी दिए ।

खुल्ला नकआउट फुटबल प्रतियोगितामा झापाका चर्चित ८ फुटबल क्लवहरुको सहभागिता हुने संयोजक बस्नेतले जानकारी दिएका हुन् ।

फुटबल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि आयोजना गरिएको खुल्ला नकआउट फुटबल प्रतियोगितामा विजेताले नगद ३१ हजार, ट्रफी र मेडल पाउनेछन् भने उपविजेता टिमले नगद २१ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

१४ गतेबाट हुने फुटबलको फाइनल खेल मंसिर १७ गते हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]