एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने
काठमाडौं, १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)का आज कुनै पनि खेलहरु छैनन् ।
आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् ।
क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।