बैशाख २०, २०८२ शनिबार

झापामा मनाइयो ३७ औं विश्व एड्स दिवस

बिर्तामोड । झापामा विविध कार्यक्रम गर्दै ३७ औं विश्व एड्स दिवस मनाइएको छ । झापाको अर्जुनधारामा आज सचेतना मुलक र्यालीसँगै हाजिरीजवाफ गर्दै विश्व एड्स दिवस मनाइएको हो ।

स्वास्थ्य कार्यालय झापा, ए.एच.एफ. नेपाल, आम्दा नेपालले संयुक्त रुपमा आयोजना गरिएको र्यालीले शनिश्चरे बजार क्षेत्र परिक्रमा गरेको थियो । र्यालीमा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं, नियमित एचआइभी जाँच गरि सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं’ लेखिएका प्ले कार्डसहित शनिश्चरे माविका स्काउट दलका विद्यार्थी, प्रादेशिक अस्पताल भद्रपुर, लवकुश आश्रम, आर. एफ.एम. का प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । एड्ससँग सम्बन्धित प्रश्नहरु राखिएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको ए.एच एफ. नेपाल ए.आर.टि क्लिनिक अफिसर निकेश आचार्यले जानकारी दिए ।

लवकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन आम्दा नेपालका डिल्लीराम नेपाल गरेका थिए ।

झापाको भद्रपुर र दमकमा गरेर करिव ७ सय संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेका छन् । १५ सय संक्रमित रहेको झापामा ए.एच.एमले विपन्न परिवारका संक्रमितहरुलाई यातायाता, औषधि उपचार र पोषणयुक्त खानपानमा समेत सहयोग गर्दै आएको छ ।

गरिवीका कारण कतिपय संक्रमितहरु औषधि सेवन गर्ने दायरामा पुग्न सकिरहेका छैनन् ।
आज साँझ एड्स दिवसकै अवसरमा बिर्तामोडस्थित मुक्ति चोकमा दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]