जेष्ठ २, २०८२ बिहीबार

दक्षिण कोरियाली संकटः राष्ट्रपतिका चिफ अफ स्टाफ र १० बढी सचिवले दिए राजिनामा

सिओल, १९ मंसीर । राष्ट्रपति कार्यालयका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिका चीफ अफ स्टाफ र राष्ट्रपतिका १० भन्दा बढी वरिष्ठ सचिवले राजीनामा बुझाएका छन् ।

राष्ट्रपति युन सुक येओलले आफ्नो अबेर रातिको मार्शल ल डिक्रीलाई लिएर राजीनामा दिन बढ्दो आह्वानका बाबजुद पनि राजीनामा दिएका छैनन्।

हिजो अचानक दक्षिण कोरियाका राष्ट्रपतिले मार्शल ल लगाए पछि केही बेर पछि बसेको संसदको बैठकले उनको सो प्रयासमा बन्देज लगाएको थियो । मध्यरातमा राष्ट्रपतिले मार्शल ल खारेज भएको घोषणा गर्न बाध्य भएका थिए ।

राष्ट्रपतिले राजिनामा दिनु पर्ने भन्दै बिपक्षीले माग गरेका छन् भने ट्रेड युनियनले हडतालको घोषणा गरेका छन् । तर, अहिलेसम्म राष्ट्रपतिको राजिनामा घोषणा भएको छैन, जसको प्रतिक्षामा सिंगै देश रहेको बिपक्षी नेताहरूले जनाएका छन् । उनकाे राजिनामा माग गर्दै अहिले देशभरी प्रदर्शन भइरहेकाे छ ।

प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]