जेष्ठ २, २०८२ बिहीबार

रवि लामिछानेलाइ पाँचौ पक्राउ पुर्जी, पर्सामा पनि बयान दिन जानु पर्ने

काठमाडौं, १९ मंसीर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

सहकारीको रकम अपचनको आरोपमा हाल कास्की हिरासतमा रहेका लामिछानेलाइ पाँचौ जिल्लाबाट पक्राउ पुर्जी जारी भएको हो  ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ  पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई हाल चितवनमा बयानमा लगिएको छ। जिल्ला सरकारी कार्यालय चितवनले उनको बयान लिइरहेको बेला पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी ठगी प्रकरणमा काठमाडौंमा बयान सकिएपछि प्रहरीले उनलाई चितवन पुर्‍याएको हो, यसअघि उनले काठमाडौं, कास्की र रूपन्देहीमा बयान दिइसकेका छन् ।

प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]