जेष्ठ २, २०८२ बिहीबार

धरानका मेयर हर्क साम्पाङको पत्रकारलाई धम्की

विराटनगर । धरानका मेयर हर्क साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । पत्रकार र सन्चार माध्यमलाई पटक पटक गाली गलौज र धम्की दिँदै आएका मेयर साम्पाङले सामाजिक सन्जालमा लेख्दै भोलि १० बजे पत्रकार सम्मेलनमा आउन उर्दी जारी गरेका छन् ।

उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला १ उनले पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा । केही दिन आघि पत्रकार गोपाल दाहालले खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।

साम्पाङले दाहालको नाम नलेखे पनि खोज पत्रकारिता गर्ने पत्रकार भन्दै इङ्गित गरेका छन । उनले नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष को नामै तोक्दै एइना हेर्दै थुक्ने बनाइदिने धम्की दिएका छन् ।

उनले लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन । यस आघि पनि मेयर साम्पाङले पत्रकार र मिडिया हाउसलाई धम्की दिँदै आएका छन् ।

 

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]