बैशाख २५, २०८२ बिहीबार

एनपीएल : कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो । चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, बिपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । सुरुआती २ खेल गुमाएको कर्णाली पहिलो जितको खोजिमा छन् । लगातार दुई खेलमा जित निकालेको चितवन मोमेन्टम कायम राख्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  १२ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]