जेष्ठ ३, २०८२ शुक्रबार

दक्षिण कोरियाली राष्ट्रपति माथीको महाभियोगमा मतदान सुरु

सियोल, २२ मंसीर । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल बिरूद्दको महाअभियोग प्रस्तावमा मतदान सुरू भएको छ।  कोरियाली संसदमा सांसदहरूले राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्तावमा मतदान गर्न थालेका छन्।

सत्तारुढ दलका एकजना सांसद बाहेक सबैले मतदान अघि संसद छोडेकाले विधेयक पारित गर्न आवश्यक गणपूरक संख्या भने नपुग्ने देखिएको छ ।

गत मंगलबार राती अचानक राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतिक संकट बढेको छ । अप्रत्याशित रूपमा सो कानुन लगाए पछि तत्कालै बसेको संसद बैठकले उनको कदममा रोक लगाएको थियो । उनको कदम बिरूद्द देशभरी प्रदर्शन भइरहेका छन ।

महाअभियोगमा मतदान सुरू हुनु केही घन्टा अघि राष्ट्रपति युनले सो घटनामा माफी मागेका थिए ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]