बैशाख २०, २०८२ शनिबार

विषादी प्रतिवन्ध सकारात्मक

सम्पादकीय
नेपाली कृषि उत्पादनमा विषादी प्रयोगले उपभोक्ताको स्वास्थ्य जोखिममा छ । यहाँ काँचो केरादेखि टमाटरसम्म विषादीको प्रयोग उच्च छ । किसानले आफ्नो उत्पादन वृद्धि गर्नका लागि विषादीको मात्रा उच्चदरमा प्रयोग गरिरहेका छन् । उत्पादनलाई सुरक्षित बनाउने नाममा किसानले प्रयोग गरिरहेको विषादी मानव स्वास्थ्यका लागि रोग बन्दै गइरहेको छ । मानवस्वास्थ्यमा प्रतिकुल असर गर्ने विषादीको प्रयोगलाई कम गर्दै जानुपर्छ । त्यसका लागि किसान सचेत हुनुपर्छ । किसानसँगै राज्य पक्ष नै सचेत हुनुपर्छ । विषादीको प्रयोगले नागरिकको स्वास्थ्यमा गरिरहेको असरप्रति सरकार गम्भीर हुनुपर्छ ।

हाालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो । यसले उपभोक्ताको स्वास्थ्यमा थोरै मात्रामा भए पनि राहत प्रदान गरेको छ । ‘पाराक्वाट÷पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा रोक लगाइने छ । यो निर्णय आम उपभोक्ताहरुका लागि सकारात्मक छ । उपभोक्ताको पनि हितमा छ ।

विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णयले प्राङगारिक मल उत्पादनमा प्रोत्साहन गरेको छ । सरकारले किसानलाई कृषि उत्पादनको सुरक्षाका लागि आवश्यक विषादीको प्रयोगमा बाटो खुला गरे पनि स्वास्थ्यमा हानी गर्ने विषादी प्रयोगमा पूर्ण प्रतिवन्ध गर्नुपर्छ । विषादीका कारण नेपालमा डरलाग्दो स्वास्थ्य समस्या बढ्दो छ । यसैले हरेक कृषि वस्तु उत्पादकले उपभोक्तासँगै आफ्नो स्वास्थ्यप्रति सजगता अपनाउन विषादीको प्रयोगलाई कम गर्दै जानुपर्छ ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]