जेष्ठ ३, २०८२ शुक्रबार

पर्सामा आजबाट रबी लामिछानेको बयान सुरू लिदैँ

पर्सा, २५ मंसीर । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुदैँ बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो ।

हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो । त्यस पछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ ।  अब मंगलबार बिहानवाट उनको बिरगञ्जमा बयान सुरू हुनेछ ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]