जेष्ठ ३, २०८२ शुक्रबार

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा खड्का

झापा –  नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उहाँ छ सय १४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]