जेष्ठ ३, २०८२ शुक्रबार

आजको मौसमः तराइका हुस्सु र कुहिराे कायमै रहने

काठमाडौं, ३० मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राती भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : मंसिर ३०, २०८१ आईतबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]