क्यान्सर पीडित तिम्सिनालाई नाम्स मेचीको सहयोग
बिर्तामोड । बजार प्रतिनिधि आलोक तिम्सिनालाई उपचारका लागि नेपाल बजार बिक्री प्रतिनिधि संघ ९नाम्स० मेचीले आर्थिक सहयोग गरेको छ ।
गत बिहीवार संस्थाले क्यान्सर पीडित आलोक तिम्सिना बचाऊ अभियान मार्फत आर्थिक संकलन गरी सहयोग हस्तान्तरण गरेको नाम्सका सदस्य हेमन्त पौडेलले जानकारी दिए ।
नाम्स मेचीका अध्यक्ष हेमन्त मिश्रको नेतृत्वमा उपाध्यक्ष रमेश बानियाँ, सचिब डिल्लीराज न्यौपाने, सदस्य लक्ष्मी नारायण शाह, मिलन खबास, राजु पराजुलीको बिशेष पहल मार्फत नाम्समा आबद्ध सदस्यहरू र मदिरा व्यवसायी मेचीका उपाध्यक्ष दिपक तामाङको समेत सहयोगमा नगद १ लाख २० हजार १ सय रुपैयाँ प्रदान गरिएको पौडेलले जानकारी दिए ।
उपचारका लागि सहयोग गर्नेहरुलाई नाम्स मेची ईकाई कमिटीले धन्यवाद समेत दिएको छ ।