बैशाख १९, २०८२ शुक्रबार

बुद्धशान्ति वडा नं. १ : माटो जोगाउने अभियानमा

तीर्थ तिम्सिना

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ ।

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गर्न सुरु गरिएको वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

माटो परीक्षण गर्दा रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लियपना बढेकाले कृषि चुनले माटो स्वस्थ्य बनाउने भएका कारण कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको बताइएको छ । ‘गत बर्ष पनि किसानको माटो परीक्षण गर्ने क्रममा माटोमा अम्लियपना अत्यधिक भेटिएको थियो’, वडा अध्यक्ष वाग्लेले भने, ‘प्रयोगशालाका प्राविधिकहरुको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण गर्न सुरु गरेका हौँ ।’ उनले भने, ‘माटोलाई उपचार गरी स्वस्थ्य माटो भयो भने मात्र बालीनाली पनि स्वस्थ्य हुन्छ र उत्पादन पनि स्वस्थ्यकर भई मानव जीवनमा फाइदा पुग्छ ।’

बुद्धशान्ति गाउँपालिका कृषि बिकास शाखाका कृषि प्राविधिक कृष्ण ढुंगेलका अनुसार “उत्पादन छिटो लिनका लागि रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा भने असर पु¥याएको हुन्छ । यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ । यसकारण अहिले माटोको उपचारका लागि कृषि चुन आवश्यक पर्ने भएकाले पालिकाको कृषि शाखाको सहजीकरणमा कृषि चुन वितरण गरेका हौँ ।”

उनले भने, खेतीयोग्य क्षेत्रको माटोको सुधारका लागि कृषि चुन प्रयोगका लागि कृषकलाई प्रोत्साहन सहित रासायनिक मलको अधिक प्रयोग नगर्न सुझाव दिने गरेका छौँ ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]