बैशाख २०, २०८२ शनिबार

वीरता लेडी जेसीजको विरासत बचाऊ

सम्पादकीय

सार्वजनिक तथा सेवामुलक संस्थाहरुमा पछिल्लो समय चर्को राजनीतिक प्रभाव देखिन्छ । खानेपानी राजनीतिक संस्था होइन । खोपानीको निर्वाचनमा दलहरुबीच नै मुख्य प्रतिष्पर्धा भइरहेको पाइन्छ । भर्खरै नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । त्यहाँ पनि दलहरुसँग आवद्ध पत्रकारका संगठन नै प्रतिष्पर्धी भइरहेका छन् । यतिसम्म उम्मेदवार छनौटमा आवद्ध दलहरुको शुभेच्छा हुने गर्छ । स्वस्थ्य प्रतिष्पर्धा हुने हो भने दलहरुको रंग यस्ता संस्थाहरुमा देखिदैनन् । जब, प्रतिष्पर्धा नै अस्वस्थ्य हुन्छ, तब त्यहाँभित्रको यथार्थ बाहिर आउँछ । त्यस्तै, बिर्तामोडमो लागि एउटा घटना फेरि दोहोरिएको छ ।

व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित वीरता लेडी जेसीजमा जहिल्यै नयाँ नेतृत्व चयन गर्ने समयमा विवाद हुन्छ । आन्तरिक रुपमा विवाद भए पनि जेसीजको समस्या, विवाद बाहिर आउन नहुने हो । बिर्तामोडमा लेडी जेसीजको विवाद, झगडा हरेक वर्ष बाहिर आउने गरेको छ । विशुद्ध सामाजिक सेवा मुलक संस्थामा राजनीति प्रभाव बढेकै कारण समस्याहरु आइरहेका छन् । लेडी जेसीजभित्र नेपाली कांग्रेसको सदस्यता भएका सदस्यहरुको बाहुल्यता छ । सदस्यतामा बाहुल्यता भए पनि एकता भने निकै कमजोर छ । एउटै विचार बोक्नेहरु बसेको संस्थालाई हरेक वर्ष झमेलामा फसाउन हुदैन ।

बिर्तामोडमा स्थापित लेडी जेसीज साझा संस्थाको रुपमा स्थापित हुन सकेको छैन । अर्थात, विगतमा साझा संस्थाको स्थापित संस्थाको विरासत विग्रिएको छ । पछिल्लो समय संस्थामा बढ्दो एकाधिकारप्रति धेरै सदस्यहरु रुष्ट पाइन्छ । लेडी जेसीजभित्र अब एकताको सन्देश दिन जरुरी छ । नयाँ नेतृत्व चयनमा विधि र प्रक्रिया मात्र मान्ने हो भने विवाद अवश्य हुने छैन । सधैंका लागि विवाद अन्त्यका लागि नेतृत्व चयनमा आफू निकट गर्ने प्रवृत्ति त्याग्नुपर्छ । अब, लेडी जसीजलाई पूर्वअध्यक्षहरुको हस्तक्षेपकारी भूमिकाको खाँचो छ । नयाँ नेतृत्वले पनि स्वार्थमा केन्द्रीय पूर्वअध्यक्ष वा कुनै पनि सदस्यहरुलाई विधिको सन्दर्भमा सचेत गराउन अपरिहार्य छ ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]