बैशाख १९, २०८२ शुक्रबार

कमलमा मनाइयो अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस

दमक – अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आज झापाको कमल गाउँपालिका वडा नं २ क्याम्पास्थित गाउँपालिका कार्यालय परिसरमा जनचेतनामुलक र्याली निकालिएको छ ।

जनचेतनामुलक रयालीमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, वडाध्यक्ष केदार कटुवाल लगायत सरोकारवाला तथा सर्वसाधारणहरु सहभागी थिए । सहभागीहरुले अन्तराष्ट्रि आप्रवासी कामदारहरुको हक हित र अधिकार सम्बन्धिका नारा जनचेतनामुलक सन्देश लेखिएका प्लेकार्ड, ब्यानर आदी बोकेका थिए ।

यो दिवस हरेक बर्षको १८ डिसेम्बरमा नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर यस दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले पालिकास्तरमा र राष्टिय व्यापीरुपमा आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकारी निकायको ध्यानाकर्षण गराउँदै यो दिवस मनाउने गरेका कमल गाउँपालिकाको रोजगार शाखा संयोजक भरत तिवारीले बताए ।

सामान्यतया रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ । यो प्रकृयामा सहभागीहरुनै आप्रवासी हुन भन्ने बुझाई छ । आप्रवासीहरु जुन देशमा पुगेको छन त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]