बैशाख २०, २०८२ शनिबार

आश्रम निर्माणमा सहयोग जुट्दै

बिर्तामोड । स्वच्छ समाजका लागि सामाजिक अभियानलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । समाजले अर्जुनधारा– ११ मा आश्रम निमार्ण गर्ने उद्देश्यले खरिद गरेको जग्गाका लागि सहयोग रकम जुट्दै गएको हो ।

अभियानले असहाय दृष्टिबिहीन, अपाङ्ग, दिन दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि सडका फ्यांकिएका टुटेफुटेका सिसा, प्लास्टिक आदि संकलन गरि बिक्री गरि आएको रकम तथा दाताहरुबाट संकलित रकमले अर्जुनधारा ११ प्रगति टोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेको छ ।

जग्गा खरिद गरे पनि अहिले पनि उक्त जग्गाको केहि रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन् ।

यसै क्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै शनिश्चरे मा.वि. २०४१ सालको एसएलसी ब्याचका विद्यार्थीले शनिवार अभियानलाई सहयोग गरेका छन् ।

मोहन सुब्बाको नेतृत्वमा गएको टोलीले अभियानले खरिद गरेको जग्गामा नै पुगेर १ लाख ७ हजार १ सय हजार रुपैंयाको चेक अभियानका अध्यक्ष गणेश ढुङ्गाना, आजीवन सदस्य बीपी कोइराला र सचिव अभिचन्द्र बांस्कोटालाई प्रदान गरेको हो ।

चेक हस्तानतरण गर्दै सुब्बाले सरकारले गर्नु पर्ने काम एक ब्यक्तिले गरिरहेको भन्दै आफुहरुले पनि केहि सानो सहयोग गरेको बताए ।

लत्ता कार्की, नेत्र कट्टेल, लक्ष्मण खतिवडा, पुजा सुब्बा, सन्तोष मोदी, शारदा बुढाथोकी, सुनिता लामा, रामप्रसाद खतिवडा, हेमन्ता कोइराला, राजु भट्टराई, मुकुल दाहाल, हेमा दाहाल मल्ल, नरेन्द्र शिवकोटी, मानबहादुर भुजेल, युवराज प्रसाई। प्रकाश खरेल, शेखर सुवेदी, दिब्या ढकाल, उमानाथ बांस्तोला, मोहन सुब्बा, सोमलाल लिम्बु, मिना राई, कमल देवान, चेतन ओली, गणेश इङनाम, शुशिला आर्चाय, जयकुमार दाहाल, महेन्द्रकुमार गिरी, बिष्णु मिश्र, चेतन पोखरेल, विश्व बिमली, रुद्र आर्चाय, तोया बराल, जेवि जबेगु, संगिता प्रधान, राजु खड्का, शंकर लुइंटेल, बीपी कोइरालाले सहयोग गरेका हुन् ।

अभियानले लामो समयदेखि एक ब्यक्ती एक धुर सहयोग गर्ने अभियान चलाइरहेको छ । त्यस्तै शनिवार खरिद गरिएको जग्गामै पुगेर अर्जुनधारा ११ की राधादेवी गिरी तथा इन्दिरा गिरीले पनि आर्थिक सहयोग गरेका छन् ।
राधादेवी तथा इन्दिराले अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई अमेरीकाबाट पठाइएको रकम सहित हस्तानतरण गरेका हुन् ।

राधादेवीले ५१ हजार र इन्दिराको छोरा हाल अमेरिकामा बस्दै आएका संजयदेव गिरीले पठाएको १३ हजार ४४७ रुपैंया प्रदान गरिन साथै इन्दिराले आफ्ना स्वर्गीय ससुरा बमबहादुर गिरी र स्वर्गीय सासु पदमकुमारीको सम्झनामा उक्त रकम सहयोग गरिएको बताइन् ।

अमेरिकाको मिसिगनमा बस्दै आएका देबीचरण र डिल्लीमाया खनालले १ सय डलर ( १३ हजार ४४७) रुपैंया, स्व. दमन्ती घिमिरेको स्मृतिमा उनका नाती रबि घिमिरेले १ सय डलर( १३ हजार ४४७) रुपैंया, बृख गुरुङ र उनका छोरा सागरबाट १०१ डलर( १३ हजार ५८०) रुपैंया, शिवसंगम राईले १ सय डलर(१३ हजार ४४७) रुपैंया सहयोग गरेका हुन् । स्थनीय समाजसेवी इन्दिरा मार्फत यो रकम अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई प्रदान गरिएको छ ।

आवास बनाउने पुन्य कार्यमा सहयोग गरेको भन्दै अभियानका अध्यक्ष गणेश ढुङ्गाना तथा सदस्य बिपि कोइरालाले शनिश्चरे माविका पूर्व विद्यार्थीहरु, समाजसेवी गिरीलाई धन्यवाद प्रकट गरेका थिए ।

त्यस्तै अभियानलाई बिर्तामोड १ स्थित भगवान चोक निवासी लोकनाथ चम्लगांईले पनि ८१ हजार १११ रुपैया सहयोग गरेका छन् । अभियानका अध्यक्ष ढुङ्गानालाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।

प्रकाशित मिति : पुष ७, २०८१ आईतबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]