बैशाख २३, २०८२ मंगलबार

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौँ, ७ पुस – आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।

गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू एक हजार सात सय ९० मा कारोबार हुनेछ ।

प्रकाशित मिति : पुष ७, २०८१ आईतबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]