बैशाख २७, २०८२ शनिबार

बिर्तामोड ८ : ३०२ मिटर सडकमा कालेपत्रे

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ ।

हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा कालोपत्रे गरिएको हो ।

बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरिएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएसँंग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो ।

नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोकदेखि शिवालय जाने सडक , तारानाथ चोकदेखि पथरभिट्टा जाने सडक, शहिद नेत्र मार्ग, प्रगतिनगर शंकरबाडी सडक लगायत अन्य विभिन्न सडकमा कालोपत्रे गर्ने छ । यसका लागि ठेक्का प्रक्रिया अघि बढाएको ईन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् ।
बिर्तामोड नगरपालिकाले भत्किएका विभिन्न स्थानका कालोपत्रे सडकहरुमा मर्मत कार्यसमेत अघि बढाएको छ ।

प्रकाशित मिति : पुष ८, २०८१ सोमबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]