बैशाख २३, २०८२ मंगलबार

शिक्षकलाई एआइसम्बन्धी तालिम

झापा, १० पुस – शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर-१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता थियो ।

नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गर्नुभएको थियो । पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन सहयोग पुग्ने क्याम्पसका निमित्त प्रमुख तेजप्रसाद खनालले बताउनुभयो ।

उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गरेर शिक्षण थप प्रभावकारी हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एआइको सही प्रयोगले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने रहेछ ।”

प्रकाशित मिति : पुष १०, २०८१ बुधबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]