बैशाख २०, २०८२ शनिबार

बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँ देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’

मेचीनगर । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् ।

पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिबेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट सम्मान गरिएको हो ।

अध्यक्ष बानियाँलाई नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले सम्मान गरेका हुन् ।
बानियाँले बाहुनडाँगी जेसीजको नेतृत्व सम्हाले यता ६१ वटा उत्कृष्ट कार्यक्रम सम्पन्न गरेका थिए । यसैगरी, बाहुनडागी जेसीज १२ महिना अवार्ड पाउने शाखाको रुपमा समेत सम्मानित भएको छ ।

नेपाल जेसीजले दिएका टाक्सहरुलाई पूरा गर्दै बाहुनडाँगी जेसीजलाई १०० प्रतिशत एफिसेन्सी अवार्डबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति : पुष ११, २०८१ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]