बैशाख २३, २०८२ मंगलबार

संघीय शिक्षा ऐन चाँडै आउनुपर्छ : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताउनुभएको छ । आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा ब्यवस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संघले कानुन छिटो छरितो ढंगले नबनाउदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको बताउनुभयो ।

‘प्रदेशले कानुन बनाउनु पर्दा सात दिनमा बनाउन सक्छ तर संघले सात बर्षमा सक्दैन किन हो म छक्क पर्छु’ मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘संघले चाँडै कानुन बनाउ लाग्नुपर्छ । व्यवधानलाई हटाउन पहल होस ।’

मुख्यमन्त्री कार्कीले राजनीतिक नेतृत्वले सबै हुन्छ भन्ने, कर्मचारीले विभिन्न बहाना देखाएर पन्छिने प्रवृत्तिले काम हुन नसकेको औल्याउँदै यसले गर्दा पनि परिणाम आउन नसकेको धारणा राख्नुभयो । कतिपय अवस्थामा सरकार र कर्मचारीको विषय अदालतमा पुग्ने र ती मुद्दा मामिला अदालतमा लामो समय अड्किँदापनि काममा समस्या भएको उहाँले औल्याउनुभयो । अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

विद्यालय मर्जर गरेर जानुपर्ने आवश्यक्ता रहेको र यसका लागि प्याकेज ल्याएर आकर्षण गर्नुपर्ने मुख्यमन्त्रीले जोड दिनुभयो । बैंक मर्जर नीतिलाइ हेर्दा पनि केही सिक्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अब मर्जरमा विशेष ध्यान दिँउ ।’

‘विद्यालय मर्जरको नीतिको लागि राजनीतिक क्षेत्रले बोल्नु पर्छ किनकी कतिपय ठाउँमा राजनीतिक क्षेत्र नै बाधक छ’ भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, अब राजीनितिक क्षेत्र लागौ बोलौ ।

कार्यक्रममा संघीय शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताउनुभयो । अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन उहाँले बताउनुभयो । त्यो हेरेर पनि काम गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गर्नुभयो ।

शिक्षाक्षेत्र समस्या ग्रस्त भएकोले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै ब्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रदेशका सामाजिक बिकास मन्त्री पांचकर्ण राई र शिक्षा सचिव दिपक काफ्ले, प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : पुष १४, २०८१ आईतबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]