बैशाख २०, २०८२ शनिबार

भोजपुर सम्पर्क समाजको सपथग्रहण, पत्रकार राईलाई सम्मान

अर्जुनधारा । भोजपुर सम्पर्क समाज (मञ्च ) अर्जुनधारा नगर समितिको नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।

अर्जुनधारा नगरपालिका – ५ पानीकलस्थित सामुदायिक भवनमा समितिद्वारा आयोजित सपथ कार्यक्रममा निर्वाचन समितिका संयोजक गणेशबहादुर कार्कीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् । पुस ६ गते डम्बर कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको निर्वाचन समिति संयोजक कार्कीले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा मुक्तिनाथ सुवेदी, सचिवमा तुलसी श्रेष्ठ, सहसचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा नगेन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी निर्वाचित सदस्यहरुमा प्रकाश ढकाल, राम बहादुर चौहान, चण्डीनाथ कोईराला ,देवी खड्का, ईच्छ कुमार बस्नेत र मान बहादुर कार्की रहेका छन् । समितिको कार्यकाल २ बर्ष रहनेछ ।

सोही अवसरमा गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनमा आदिवासी जनजाति सदस्य पदमा निर्वाचित हुने इन्द्रकुमार राईलाई नगदसहित खादा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भोजपुरको परिचय अब झापामा, सम्पूर्ण भोजपुरेबासीहरु एक हौं भन्ने नाराका साथ संयोजक कार्कीको सभापतित्व तथा ज्येष्ठ सदस्य कृष्णमाया कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका नव निर्वाचित अध्यक्ष डम्बर कुमार घिमिरेले संस्थाको पालना गरि समाजलाई अघि बढाउने प्रतिबद्धता गरे ।

झापा – भोजपुर सम्पर्क समाज जिल्ला सल्लाहकार संयोजक गोविन्द कार्कीले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि एवं जिल्ला अध्यक्ष बलराम कार्की ,ज्येष्ठ नागरिक तोयानाथ अधिकारी, अधिवक्ता तथा संस्थाका सल्लाहकार सदस्य रञ्जिता कार्की, उपाध्यक्ष मुक्तिनाथ सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष १५, २०८१ सोमबार  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]