जेष्ठ २६, २०८२ आईतबार

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमले जनाए अनुसार इण्डियन आयल कर्पोरेशनबाट पुस १६, २०८१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन भएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०।५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तरार्ष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य भोलि बिहान ००:०१ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : पुष १६, २०८१ मंगलबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]