बैशाख २०, २०८२ शनिबार

कृषि विकासका लागि कार्यक्रम निर्माण गर

सम्पादकीय
नेपाली किसानले उत्पादन गरेको कुनै पनि कृषिवस्तु सहजै बजारसम्म पुराउन संभव छैन । बजार पुराउनेहरुले उचित मुल्य पाउन सकेका छैनन् । त्यो भन्दा पनि ठुलो समस्या, उत्पादनका लागि उन्नत जातको विउको उपलब्धता छैन । किसानले उन्नत जातको विउ पाउन सकेका छैनन् । विउ पाएका किसानले सोचेजस्तो उत्पादन गर्न सकेका छेनन् । हरेक वर्ष किसानले विउमा मार खानु परेको छ । दुखले खरिद गरिएको विउबाट अपेक्षाकृत उत्पादन हुन सकेको छैन । उत्पादनमा लागत बढ्दो छ । लागत अनुसारको आम्दानी हुन सकिरहेको छैन । किसानले लागत र आम्दानीको हिसाव नगर्दा नोक्सान व्यहोर्नु परेको छ ।

कृषिमा धेरै चुनौतिहरु छन् । किसानलाई कृषिबाटै संमृद्ध हासिल गर्नका लागि सोही अनुसारको योजना निर्माण गर्नुपर्छ । अहिले तनि तहको सरकार छ । तीन तहको सरकार पनि कृषि क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा काम गर्न सकिरहेको छैन । फाइलावाला किसानले झुक्याइरहेको बेला असली किसानलाई राज्यबाट र्याप्त सहयोग हुन सकिरहेको छैन । नेपालमा मल कारखाना सञ्चालनका लागि सानो बजेटबाट संभव छ । तर, मल उत्पादनका लागि कारखाना सञ्चालन गर्नुको बदलामा भारतबाट आयात गर्ने गरिन्छ । भारतकै कारण नेपालमा मल उत्पादन गर्न सरकारले सकेको छैन ।

किसानले उत्पादन वृद्धि गर्ने र निर्यातमा सरकारले सहयोग गर्ने हो भने समृद्धि हासिल गर्न सकिन्छ । सडक, पुल निर्माण गरेर मात्र समृद्धि हासिल गर्न सकिन्न । कृषिमा भएको चुनौति मात्र केलाएर बस्न पनि हुदैन । यसका चुनौति र संभावना दुवै पक्षलाई केलाएर योजनाबद्ध रुपमा कार्यक्रम बनाई काम गर्न कृषिको विकास गर्नुपर्छ । यहाँको माटोको सुरक्षा, किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकारले कृषि क्षेत्रलाई परम्परागत प्रणालीबाट मुक्त गर्नुपर्छ । खेती प्रणालीमा नयाँ खोज अनुसन्धान गर्दै उत्पादकत्व वृद्धिमा विशेष अभियान सञ्चालन हुनुपर्छ । नेकपा एमाले झापाले कृषि क्षेत्रको विकासका सन्दर्भमा किसानका सवालहरुमा छलफल गरेको छ । कृषि विज्ञ, जनप्रतिनिधिहरु र किसानलाई सँगै राखेर गरिएको छलफलले कार्यक्रम निर्माणमा सहयोग पुग्नेछ । यसैगरी सबै क्षेत्रले कृषिको विकासका लागि गम्भीरताका साथ सोच्न जरुरी छ ।

प्रकाशित मिति : पुष १८, २०८१ बिहीबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]