बैशाख २०, २०८२ शनिबार

पुष्पलाल इन्भेष्टमेन्टद्वारा ४० प्रतिशत लाभांश वितरण

शिवसताक्षी । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा शिवसताक्षीको दूधेमा सम्पन्न भएको छ । शनिवार शिवसताक्षीको दुधेमा कम्पनीले चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको हो ।

साधारणसभामा कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बुले हालसम्म कम्पनीले लगानी गरेको क्षेत्र लगानीको दायरा र भावी योजनाका बारेमा बताए । सबै शेयर सदस्यहरुले लगानी गर्नु भएको रकमको ४० प्रतिशत बृद्धि भएको छ । उनले भने, उक्त ४० प्रतिशत रकम लाभांशको रुपमा वितरण गर्ने घोषणा समेत गर्दछौ । उनले लाभांश रकम शेयरधनीहरुले त्यही शेयरमा थप गर्न समेत आग्रह गरेका छन् ।

हाल कम्पनीले गोरक्षा हाइड्रोपावरमा ४ करोड लगानी गरेको छ । हाल गोरक्षामा गरेको लगानीले मुनाफा दिएको समेत अध्यक्ष साँवाले जानकारी दिए । कम्पनीले अब संकलित पुँजीलाई उर्जा र टुरिजमको क्षेत्रमा लगानी गर्नेछ । अध्यक्ष साँवाले उत्पादन नजिक पुगेको उर्जामा लगानी गर्नका लागि खोजी कार्य भइरहेको बताएका छन् ।

पुष्पलाल इन्भेष्मेट कम्पनीले आगामी एक वर्षभित्रमा आइपिओ जारी गर्ने गरी तयारी सुरु गरेको समेत साधारण सभामा जानकारी गराइएको छ । साधारणसभामा अध्यक्षको र लेखा समितिको प्रतिवेदन पारित गरिएको छ ।
त्यस्तै अधिवेशनबाट पुनः कम्पनीको अध्यक्षमा एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रवन्ध निर्देशकमा नारायण प्रसाद पोखरेल, सदस्यहरुमा चन्द्रप्रसाद संग्रौला, अग्नीप्रसाद दुलाल र यसोदा चापागाई सर्वसम्मत चयन भएको पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले जनाएको छ । साधारण सभामा लोकबहादुर रोक्काले स्वागत र सञ्चालन भिम लिवाङले गरेका थिए ।

प्रकाशित मिति : पुष २०, २०८१ शनिबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]