जेष्ठ ६, २०८२ सोमबार

अनेमसंघ विर्तामोड ४ को ६ र ७ नम्बर टोलको संयुक्त कमिटी गठन

विर्तामोड । अखिल नेपाल महिला संघ विर्तामोड ४ को ६ र ७ नम्बर टोलको संयुक्त कमिटी गठन भएको छ ।
रमा राईको अध्यक्षतामा ११ सदस्यीय संयुक्त टोल कमिटी गठन भएको अनेमसंघ विर्तामोड ४ का अध्यक्ष सिमा सिलवाल ढुङ्गानाले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा कल्पना उप्रेती, सचिवमा सिर्जना परियार, सहसचिवमा हिमा बराल र कोषाध्यक्षमा सुशीला भुजेल चयन हुनुभएको छ ।

अखिल नेपाल महिला संघ विर्तामोड ४ को ६ र ७ नम्बर टोलको संयुक्त कमिटीका सदस्यहरुमा देवकला कटुवाल, विना प्रसाईं, कविता तिम्सिना, कल्पना उप्रेती, सिता राई र झुना श्रेष्ठ रहनुभएको छ ।

अखिल नेपाल महिला संघ विर्तामोड ४ का अध्यक्ष सिमा सिलवाल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेल, अनेमसंघ जिल्ला सदस्य एवम् विर्तामोड नगर इञ्चार्ज दौपदीकुमारी गणेश, नेकपा एमाले झापाका सदस्य अर्जुन खरेल, अनेमसंघ नगर अध्यक्ष यशोदा प्रसाईं, नेकपा एमाले विर्तामोड ४ का अध्यक्ष प्रदिप खरेल लगायतका वक्ताले अनेमसंघले राजनीतिक र सामाजिक रुपान्तरणमा खेलेको भुमिकाबारे चर्चा गर्दै नवनिर्वाचित नेतृत्वलाई सामाजिक रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो । अनेमसंघ विर्तामोड ४ का कोषाध्यक्ष योगमाया नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : पुष २०, २०८१ शनिबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]