जेष्ठ ६, २०८२ सोमबार

मलाई बोल्न मेचीनगर लेडी जेसीज सिकायो : अध्यक्ष पोखरेल

काँकरभिट्टा । ‘एउटा सामान्य गृहिणी महिलालाई यहाँसम्म पुर्याउन र बोल्न सक्ने बनाएको नै जेसीजले हो’ यो भनाई हो मेचीनगर लेडी जेसीज वर्ष २०२५ कि सविता पोखरेलको ।

शनिवार काँकरभिट्टा स्थित खानेपानीको सभा हलमा मेचीनगर लेडी जेसीजको ११ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले यस्तो कुरा बताएकी हुन् ।

‘समाजसेवी रीता श्रेष्ठले मलाई यो क्षेत्रमा आउन हौशला दिइन्’, अध्यक्ष पोखरेलले भनिन्–‘सन २०१३ देखि निरन्तर जेसीजको विभिन्न पदमा बसेर समाज सेवा गर्ने मौका पाए । जेसीजले नै मलाई बोल्न सिकायो । यसमा संस्थापक अध्यक्ष कविता शर्माको पनि ठुलो सहयोग छ ।’

उनका अनुसार वर्ष २०२४ विभिन्न कारणले मेचीनगर लेडी जेसीज विवादमा मुछियो, चोट लाग्यो । तर, अब वर्ष २०२५ मा त्यसलाई मलम पट्टि लगाउने काम मेरो नेतृत्वको टिमबाट हुनेछ ।

कार्यक्रममा उनले बोलेर भन्दा काम गरेर देखाउने प्रवृतिको मान्छे भएकोले हाम्रो कार्यकालमा उत्कृष्ट र धेरै राम्रा कार्यक्रमहरु गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।

पोखरेलको नेतृत्वको टिमको कार्यकारिणी उपाध्यक्षद्वय लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरु कृष्णकुमारी प्रसाई (कल्पना), खिना निरौला, नबिना डाँगी र अनिता शाह, महासचिव शर्मिला दाहाल तिम्सिना, सचिव प्रमिला चापागाई, सहसचिव एलिशा बुढाथोकी, कोषाध्यक्ष तेजकुमारी घिमिरे, सहकोषाध्यक्ष सकुन्तला ढकाल, कानूनी सल्लाहकारमा रीता श्रेष्ठ प्रधान, जनसम्पर्क अधिकारी रमा निरौला र तालिम संयोजक सुष्मा राजबंशी छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले जेसीजले समाजमा सबैलाई पढाउँछ, बुझाउँछ र सिकाउने गरेको बताए ।

उनले लोकतन्त्रमा व्यक्तिको शासन हुनु हुँदैन विधिको शासन हुनु पर्छ भन्ने मान्यता सबैले अनुशरण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, राष्ट्रिय उपाध्यक्ष राघव कोइराला, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, संस्थापक महासचिव प्रमिला खनाल, जेसीज पूर्व अध्यक्ष समाजका झापा अध्यक्ष रमेश पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व प्राज्ञ शुभद्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मानार्थ सदस्य प्रमिला गौतम, आजिवन सदस्य शान्ता सिटौला, वोर्ड अवार्ड सुनिता कोइराला र सदस्य अवार्ड ईन्दिरा राई रहेका छन् ।

मेचीनगर लेडी जेसीज वर्ष २०२४ कि अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहसचिव एलिशा बुढाथोकीले तथा सञ्चालन महासचिव रेजिना श्रेष्ठ र शर्मिला तिम्सिनाले गरेकी थिइन् ।

प्रकाशित मिति : पुष २१, २०८१ आईतबार  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]