बैशाख २३, २०८२ मंगलबार

प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियाे, विकास पछि पर्योः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् ।संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समय पछि नै ओलीले सो माओवादीवाट सञ्चालित सशष्त्र युद्दलाइ हिंसाको रूपमा पुनः टिप्पणी गरेका हुन् ।

एमालेको जारी केन्द्रिय समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सो हिंसाका कारण मुलुकले अनावश्यक क्षति ब्योहोर्नु परेको पनि उल्लेख गरेका छन् ।

‘बहुदलीय व्यवस्था स्थापना भएर नेपालले लोकतन्त्रको अभ्यास गर्न थालेको जम्मा ३५ वर्ष भएको छ । यसै अवधिमा, बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष नबित्दै यसका विरुद्ध हतियार उठाइएको, त्यस हिंसात्मक द्वन्द्वमा मुलुकको मूल्यवान १० वर्ष खर्च भएको र त्यस क्रममा भयावह मानवीय र भौतिक क्षति पुगेको निकट अतीतकै यथार्थ हो,’ ओलीले हालै  निरङ्कुश पञ्चायतका विरुद्ध नउठेको हतियार नवोदित प्रजातन्त्रका विरुद्ध किन र कसरी उठ्यो भन्ने प्रश्न इतिहासमा अनुत्तरित नै छ, तर यसले मुलुकको विकासलाई वर्षौँ पछि धकेलेको तथ्य कसैले इन्कार गर्न सक्दैन ।’

उनले अगाडी लेखेका छन, ‘ त्यस सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्न हामीलाई थप १० वर्ष लाग्यो । त्यसबाट तङ्ग्रिन नपाउँदै सामना गर्नु परेको विनाशकारी भूकम्प र नाकाबन्दीले लाखौँ जनतालाई फेरि गरिबीको रेखामुनि धकेल्यो । प्रजातन्त्रकालमा हामीले भोग्नु परेका यी अवरोधलाई बिर्सेर नेपालको विकास किन सुस्त भयो भन्ने कारणलार्ई सही ढङ्गले बुझ्न सकिँदैन ।’

प्रकाशित मिति : पुष २१, २०८१ आईतबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]