जेष्ठ ७, २०८२ मंगलबार

शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलानको फैसला, उपचारका लागि अस्पताल पठाइयो

बिर्तामोड । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको छ ।

शिवाकोटीको स्वास्थ्य अवस्था जटिल भएको निवेदन परेपछि कारागार प्रशासनले अदालतको आदेश बमोजिम उपचारको व्यवस्था मिलाएको छ । सुगरप्रेसर, ढाड र नसा सम्बन्धी समस्याले थलिएका शिवाकोटीको यसअघि पनि उपचाररत थिए । कारागार प्रशासक रेवन्त भट्टराईका अनुसार अदालतको आदेश र डाक्टरको रायसमेतका आधारमा उपचारको व्यवस्था मिलाइएको छ । आदेशमा उहाँको स्वास्थ्य अवस्था ख्याल गर्दै उपचारको व्यवस्था मिलाउन भनिएको थियो, भट्टराइले भने ।

शिवाकोटीसँग सोमवार बयान लिइएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते काकडभिट्टाबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : पुष २२, २०८१ सोमबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]