सिडिओको सरुवा : झापामा अधिकारी आउने
बिर्तामोड । गृह मन्त्रालयले झापासहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय सरुवा गरेर सर्लाहीका सिडियो गोपाल कुमार अधिकारीलाई झापा पठाइएको छ । गृहले झापासहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ ।
यस्तै, काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।
कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृहम मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ । गृह मन्त्रालयकै सहसचिव तुलसी बहादुर श्रेष्ठलाई कैलालीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ ।
दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।