जेष्ठ ७, २०८२ मंगलबार

मनमोहन मेमोरियल कलेजमा विद्यार्थी अभिमुखिकरण

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजले कलेजमा भर्ना भएका एचए, फार्मेसी तथा स्टाफ नर्सका विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार बिर्तामोड २ स्थित कलेजमा संस्थाले उनीहरूलाई स्वागत गर्नुका साथै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रोमनी भट्टराई निकै ठूलो मेहेनतपश्चात कलेजको सम्बन्धन प्राप्त भएको र यसपटकदेखि कक्षा सञ्चालनको अवसर पाइएको बताए।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महातारा प्रसाईंले ढुक्क अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरिन्। संस्थाका अध्यक्ष नरेश खरेलले मनमोहन कलेजमा भर्ना भएका विद्यार्थीहरू देशका धेरै स्थानबाट रहेकाले कलेजको नाम ती सबै स्थानमा पुग्ने विश्वास आफूहरूले लिएको बताए।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेल तथा कलेजका प्रमुख जयनारायण खतिवडाले बोलेका थिए । कार्यक्रममा कलेजका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई खादा ओडाएर स्वागत गरिएको थियो ।

प्रकाशित मिति : पुष २३, २०८१ मंगलबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]