जेष्ठ ७, २०८२ मंगलबार

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने

काठमाडौँ, २४ पुस – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उहाँले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्छ । पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार छ ।”

उहाँले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादकपदार्थविरुद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिनुभयो ।

यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाउनुभयो । उहाँले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेकाले थप गृहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : पुष २४, २०८१ बुधबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]