बैशाख २६, २०८२ शुक्रबार

सभामुख घिमिरे भोली झापा आउँदै

बिर्तामोड – सभामुख देवराज घिमिरे गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार झापा आउनु हुने तय भएको छ । उहाँ बुद्ध एयरको जहाजमार्फत बिहीबार बिहान झापा आउन लाग्नुभएको हो ।

सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा पनि सहभागी हुनु हुनेछ । जनता मावि खुदुनाबारीको ३९ औँ वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सभामुख घिमिरेको सहभागिता रहनेछ ।

सभामुख घिमिरेले बिहीबार दिउँसो गरुवा चोकदेखि कैदलेसम्मको कालोपत्रे सडकको स्थलगत अवलोकन गर्नु हुनेछ । केही सामाजिक गतिविधि र भेटघाटका कार्यक्रम पनि तय भएका छन् ।

शुक्रबार सभामुख घिमिरेले खानेपानी उपभोक्ता सरसफाई समितिका विभिन्न आयोजनाहरूको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।

हात्ती नियन्त्रणका सम्बन्धमा समेत स्थानीय सरोकारवालासँग सभामुख घिमिरेले छलफल गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : पुष २४, २०८१ बुधबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]