बैशाख १९, २०८२ शुक्रबार

मुक्ति समाज दमकको अध्यक्षमा उमेश गजमेर सर्वसम्मत

दमक । नेपाल उत्पीडित जातीय मुक्ति समाज दमक नगर कमिटीको सम्मेलनले उमेश गजमेरको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ ।

एमाले पार्टी कार्यालय दमकको हलमा भएको मुक्ति समाजको सातौं नगर सम्मेलनले गजमेरलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको हो । सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एमाले झापा कार्यालय सचिव छविलाल विश्वकर्माले नगर अध्यक्ष गजमेरको अध्यक्षतामा २५ सदस्यीय कमिटी घोषणा गर्नु भएको छ ।

मुक्ति समाजको नगर उपाध्यक्षहरुमा कमल सेन्चउरी र टंका बराइली, सचिवमा सुमन मोते, सहसचिवमा पवित्रा गजमेर र कोषध्यक्षमा चन्द्रबीर बिकलाई सर्वसम्मत चयन गरेको मुक्ति समाज झापा अध्यक्ष तिलक गजमेरले जानकारी दिनुभयो ।

युवा सदस्यहरुमा सविता विश्वकर्मा र प्रदिप कुमार दर्नाल चयन भएका छन् । खुल्ला सदस्यहरुमा कमल विश्वकर्मा,खड्ग बहादुर विश्वकर्मा,मोहन विश्वकर्मा,दिनेश बर्देवा, रोहित बहादुर विश्वकर्मा, टंक बहादुर रणपहेली, बिरवल ठटाल चुनिएका छन् ।

यसैगरी नगर कमिटीको सदस्यहरु वीर बहादुर विश्वकर्मा,गणेश बराइली, नरबहादुर बराइली, राजु दर्नाल, कमला विश्वकर्मा, तारादेवी परियार, छलिमाया दर्जी, अनिता विश्वकर्मा र सम्झना गजमेर चयन भएको निर्वतमान नगर कमिटी अध्यक्ष सुनिल दियालीले बताउनुभयो । नवनिर्वाचित कमिटीलाई संगठनका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्माले सपथग्रहण गराउनुभयो । सम्मेलनमा नवनिर्वाचित अध्यक्ष गजमेरले प्रतिवद्धता मन्तब्य राख्नु भएको छ ।

सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष मनोहरले दलित समुदायमाथि भएको विभेद अन्त गरी समुन्नत समाजका लागि आन्दोलन गर्नु परेको बताउनु भयो । हामीमाथि भएको असमानता अरुले आएर हटाइ दिन्छ भनेर बस्ने भन्दा पनि आफनो हक अधिकारका लागि सबै एक भएर संघर्ष गुर्नपर्ने उहाँको धारणा छ ।
पूर्व संघीय सांसद विमला विश्वकर्मा, कोशी प्रदेशको प्रदेश सांसद तथा न्याय प्रशासन तथा सुशासन समितिको सभापति कमला दर्नाल, एमाले कोशी प्रदेश सदस्य अम्विका खनाल लगायतले अधिकारका कुरा संविधानमा लेखिए पनि कार्यन्वयन गराउन दलित समुदाय एकजुट हुनु पर्ने बताउनु भयो ।

संगठनका पूर्वअध्यक्षहरु शेर बहादुर गजमेर, पदम सिन्चेउरी ,अमृत गदाल विश्वकर्मा, होम बहादुर विश्वकर्मा र उमेश नेपालीलाई प्रमुख अतिथि विश्वकर्माले सम्मान पत्रद्धारा सम्मान गर्नु भएको छ । त्यसै गरी दमक नगर पालिकाको दलित महिला जनप्रतिनिधिहरु नविना महरा, चन्द्रकला विश्व्कर्मा, टिका ठटाल,गिता विश्वकर्मा, ख्यामकुमारी परियार, कमला बस्नेत खाती, ममत रसाइली र रिना विश्वकर्मालाई पनि सम्मान गरेको निर्वतमान सचिव भरत खातीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष २५, २०८१ बिहीबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]