जेष्ठ ७, २०८२ मंगलबार

सिम्रिकको पाँच दिने आधारभूत श्रृंगार तालिम सम्पन्न

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको बिहीबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । तालिम पुष २१ गतेदेखि सुरु भएको थियो ।

संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सीपलाई व्यवहारमा उर्तान कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउँपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पुँजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जा सहितको सुविधा उपलब्ध गराउने बताए ।

तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि थिए । सहभागिलाई जानुका देबी प्रधान र हृदय कुमारी संग्रौलाले प्रशिक्षण दिएका थिए । सहभागिलाई संस्थाले प्रमाणपत्र उपलब्ध गराएको छ ।
यसअघि पनि संस्थाले इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरेको थियो । त्यसैगरी संस्थाले खुदुनाबारीमा पनि केहि समयअघि कपुरधुप बात्ती निर्माण तालिम प्रदान गरेको थियो ।

शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए । झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयरसदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ ।

वित्तिय कारोबारसंगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आइटी सहायक बिजय पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : पुष २५, २०८१ बिहीबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]