बैशाख २०, २०८२ शनिबार

महिला चेतना बहुउद्देश्यीय सहकारीको माईन्युट प्रमाणित भेला सम्पन्न

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा तथा अन्तिम निर्णय (माईन्युट) प्रमाणित भेला बिहीबार सम्पन्न भएको छ ।

संस्थाद्वारा दुग्ध संकलन केन्द्रको भवनमा आयोजित अन्तिम निर्णय भेलाले प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि छलफल र अनुमोदन गर्दै साधारणसभा सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको साधारणसभामा संस्थाको तर्फबाट निला कुमारी दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै व्यवस्थापकको तर्फबाट उमा थापाले संचालक समितिले तयार पारेको बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिन् भने लेखा समितिका संयोजक हुमा गौतम पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सोही अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु पदमकुमारी श्रेष्ठ ,टिकाकुमारी कट्टेल र तिलरुपा कटुवाललाई सम्मान पत्र र मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बाल बचतहरु सारिका चौहान ,कृतिका बिष्ट , बिनम चौहान र अविसा पराजुलीलाई सम्मान पत्र र स्कुल ब्याग सहित सम्मान गरिएको थियो ।

त्यसैबीच उत्कृष्ट बचत कर्ताहरु खड्ग कुमारी पौडेल , तिलरुपा भट्टराई ,हरिमाया अधिकारी ,सारदा खत्री र सुगीया दनुवारलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो भने कर्जा तर्फ विमला देवी विश्वकर्मा ,सुनिता उप्रेती ,बिना कुमारी राजवंशी ,रेणुका डाँगी पौडेल र नरीमाया सार्कीलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको संस्थाका गीता अधिकारीले जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष दाहालको सभापतित्व र सचिव अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडा , विशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल , पालिकाका सामाजिक विकास संयोजक भोला परियार ,दैवीप्रकोप व्यवस्थापन समूहका केदारनाथ पराजुली ,समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मनन्द गुरागाई, पशुपंक्षी बिकास शाखाका प्रमुख पदमलाल राई, नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली ,जलेश्वर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पुनम सुवेदी ,सामाजिक व्यक्तित्व देवीप्रसाद बराल, दुर्गाप्रसाद न्यौपाने ,लोकप्रिय खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको निर्णय अनुसार यसअघि २१ औं बार्षिक साधारणसभा पुस १८ गते अर्जुनधारा – ८ स्थित तीनकुने शितलदेवी गडी हात्तीकिल्ला, पुस १९ गते वडा नम्बर –७ भरिको संस्थाको संकलन केन्द्र भवन ,पुस २० गते वडा नम्बर ५ कञ्चनबारी बिद्यालय छेउ ,पुस २१ गते वडा नम्बर ४ स्थित चिउरा र पुस २२ गते सोही वडाको सिहंबाहिनी देवी मन्दिरमा सम्पन्न भइसकेको बताइएको छ ।

प्रकाशित मिति : पुष २६, २०८१ शुक्रबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]