बैशाख २०, २०८२ शनिबार

जनता माविको पहिलो स्मारिका ‘जनता दर्पण’ लोकार्पण

बिर्तामोड । जनता मावि अर्जुनधारा –३ खुदुनाबारीको ६९ औं वार्षिकोत्सबमा विद्यालयको पहिलो स्मारिका ‘जनता दर्पण’ को लोकार्पण गरिएको छ । बिहीवार कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराजु घिमिरेले स्मारिकाको लोकार्पण गरेका हुन् ।

प्रमुख सम्पादक शिक्षक हेमबहादुर खत्रीसहित ९ जनाको सम्पादन मण्डलले स्मारिका तयार गरेको हो । सभामुख घिमिरेसहित संविधानसभा सदस्य प्रेम बहादुर गिरी, झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद चिन्तन पाठक, अर्जुधारा नगरपालिकाका मेयर बलदेव गोम्देन र उपमेयर खड्गमाया पराजुलीले स्मारिकाको लोकार्पण गरेका हुन् ।

वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारीले विद्यालयको वार्षिक प्रतिवेदन एवम् भावी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालय स्थापनाकालदेखि विभिन्न समयमा विद्यालयमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरु, शैक्षिक प्रगति र खेलकुद संचालनमा विशेष योगदान पुर्याउने शिक्षकलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा विद्यालयका प्रअ जयप्रकाश भण्डारी र पूर्व सहायक प्रअ बासुदेव भण्डारीले रु २ लाखको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विभिन्न दाताहरुबाट स्थापना भएका अक्षयकोषको आम्दानीबाट छात्रवृत्ति वितरण गरिएको थियो ।

यस्तै, अब्बल बौद्धिक क्षमता भएका उत्कृष्ट ६ जना विद्यार्थीहरुलाई जनता बौद्धिक प्रतिभा पुरस्कार –२०८१ बाट सम्मानित गरिएको छ ।

कार्यक्रममा सभामुख देवराज घिमिरे र कोशी प्रदेस सांसद चिन्तन पाठकले सम्बोधन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक पूर्ण प्रसाद ढुङ्गेल र दीपक भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : पुष २६, २०८१ शुक्रबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]