जेष्ठ ७, २०८२ मंगलबार

ऐतिहासिक निशान पदमार्गमा पदयात्रा

मङ्गलबारे – यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको हो ।

नेपाली सेनाको रणशार्दुल गण, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पदयात्रा आज माइबेनी हँुदै इलामको माइस्थान आइपुगेको थियो ।

पदयात्रामा सहभागीहरुलाई विभिन्न झाँकीसहित इलाम नगरका ८ र ७ वडावासीले स्वागत गरेका थिए । सो अवसरमा पदमार्ग पहिचान र प्रचारमा योगदान पु¥याएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छब्बिसेदेखि इलाम सदरमुकामको माइस्थानसम्म ४१ दशमलव एक किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुँदै फिक्कल, रम्फोक, करफोक, हात्तिटार, माइबेनी हुँदै इलाम बजारको माइस्थानसम्म पुग्छ ।

सुगौली सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सिमाना कायम भएपछि हाल भारतको नागरीबाट नेपाली सेनाको श्रीनाथ पल्टनले प्रशासनिक केन्द्रसहित निशान ल्याएर माइस्थानमा स्थापना गरेको थियो । उक्त निशान राखिएको स्थानलाई निशान घर र खलङ्गा भन्ने गरिन्छ ।

सोही समयमा नेपाली सेनाले निशान ल्याएर फर्किएको पदमार्गलाई ऐतिहासिक पदमार्गको रुपमा विकास गर्न पदयात्रा गरिएको हो ।

प्रकाशित मिति : पुष २६, २०८१ शुक्रबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]