बैशाख २४, २०८२ बुधबार

झापा गोल्डकपमा २६ जनाको उम्मेदवारी, अध्यक्षमा कसले मार्ला बाजी ?

बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा बलराम कार्की र केदार गिरीले उम्मेदवारी दर्ता गराएका छन् । आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा उनीहरुले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

१४ जनाको कार्यसमितिमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा निर्विरोध भइसकेको छ । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर पौडेल र उपाध्यक्ष युवराज कार्की (पर्वत) निर्विरोध भइसकेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार सचिवमा
बुद्ध तामाङ, प्रकाश शिवाकोटी, सहसचिवमा विष्णुप्रसाद सिग्देल,यादव पोखरेल, कोषाध्यक्षमा युवराज निरौला, चन्द्रमणि कट्टेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, सदस्यहरुमा किरण कुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल,मदन खड्का,शैलेन्द्र कुमार कुरुम्वाङ, किरण श्रेष्ठ,विसन लिम्बु, दिपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा,भुपेन्द्र भण्डारी, सुशिल थापा, देवी प्रसाद खरेल, सजेश शिवाकोटी, अर्जुनकुमार चुडाल र विश्वेश्वर प्रसाद बजगाईले उम्मेदवारी दिएका छन् ।

आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आज ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली ४ः१४ मा प्रकाशित हुने कार्यतालिका रहेको छ । पदाधिकारीमा दुई पदबाहेक अन्य पदहरुमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । यस्तै, ८ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

झापा गोल्डकपको अधिवेशनको उद्घाटन शत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित मिति : पुष २९, २०८१ सोमबार  ३ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]