बैशाख २४, २०८२ बुधबार

यु-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौं, २ माघ  । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे ।

गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे ।

साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो । अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]