बैशाख २३, २०८२ मंगलबार

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् ।

‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा,’ घिमिरेले भने, ‘यदी तत्कालै अध्यादेश नल्याउने हुँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने भयो । कानुनी राज्यमा कानुनको संशोधन नगरी यसलाई अघि बढाउन सकिने अवस्था थिएन ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे कांग्रेसभित्रै केही नेताहरू असन्तुष्ट देखिएका छन् ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  २ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]