जेष्ठ ९, २०८२ बिहीबार

पूर्व मुख्यमन्त्री उद्वव थापामाथि आक्रमण, दुई जना नियन्त्रणमा

बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएको छ । उहाँको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो ।

आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएको बताइएको छ ।

थापाले आफ्नो ज्यानको कुनै प्रवाह नभए पनि नागिरकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले जिल्लाको शान्ति सुरक्षा कस्तो रहेछ भनेर छर्लङ्ग बनाएको थााले बताए । थापा नेपाल प्रेस युनियन झापाको दोेमुखामा आयोजित कार्यक्रमबाट फर्कदै गर्दा आक्रमण भएको हो ।

प्रकाशित मिति : माघ ५, २०८१ शनिबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]