बैशाख २३, २०८२ मंगलबार

अनेरास्ववियु इलामको अध्यक्षमा अशोक खतिवडा सर्वसम्मत

इलाम । अनेरास्ववियु इलामको २४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अशोक खतिवडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अनेरास्ववियु केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सचिवहरू आरती भट्टराई, दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनले उपाध्यक्षमा गोपाल आचार्य र सुशान्त चापागाईँलाई निर्वाचित गरेको छ । सचिवमा विशाल कार्की निर्वाचित हुनुभएको छ ।

सहसचिवमा बिहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ र सुमन खत्री निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सुनिल शंकर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : माघ ५, २०८१ शनिबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]