जेष्ठ ९, २०८२ बिहीबार

महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको भ्रमण

उत्तर प्रदेश, ६ माघ । प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन शनिबार बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।

महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ । जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताए ।

प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले भने, ‘मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।’ ‘यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ ।’

शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिए । ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उहाँलाई यसका लागि हृदयदेखि बधाई दिन्छु,’ उनले बताए ।

सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गरे । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टी ९भाजपा०का सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरु पनि थिए । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ । एएनआई

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]