जेष्ठ ९, २०८२ बिहीबार

मानव अधिकार एलाइन्स वाग्मतीको नयाँ नेतृत्व चयन

काठमाडौं । मानव अधिकार एलाइन्स वाग्मती प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्ष हरिबोल आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा केशवराज पन्त भक्तपुर र प्रमीला सुवेदी रामेछाप निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा सन्तराम डङ्गोल, ललितपुर निर्वाचित हुनुभएको छ । सहसचिवमा अञ्जन पौडेल मकवानपुर र प्रतीक्षा केसी ललितपुर निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष सुवर्ण अधिकारी नुवाकोट चुनिनु भएको छ ।

सदस्यहरूमा क्रमशः सन्तोष महर्जन काठमाडौं, राम भट्टराई काठमाडौं, खिलनाथ पौडेल रसुवा, खुसराज पौडेल सिन्धुली सर्वसम्मत हुनुभएको छ । थिर बहादुर थापा (रविन) रामेछाप, भूपेन्द्र पाख्रिन सिन्धुपाल्चोक, कोपिला दवाडी चितवन, दीपेन्द्र महर्जन काठमाडौं, कृष्णलक्ष्मी श्रेष्ठ भक्तपुर, लक्ष्मी कोइराला सिन्धुपाल्चोक र विश्वास नेपाली रसुवा निर्वाचित हुनुभएको छ ।

लेखा समिति संयोजकमा हरि तिमल्सिना सिन्धुपाल्चोक निर्वाचित हुनुभएको छ । लेखा समिति सदस्यहरूमा तिलक कार्की रामेछाप र मित्र घिमिरे ललितपुर निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]